Top Headlines:

प्रतिनिधिसभा विघटन बदर, शेरबहादुर देउवालाई २८ घण्टाभित्र प्रधानमन्त्रीको पदभार

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै बदर गरेको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको इजलासले सो आदेश जारी गरेको हो
आदेशमा निवेदकको मागबमोजिम कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन समेत परमादेश जारी गरेको छ । सो निर्णय ‘न्यायाधीशहरुको एकमतले गरेको हो । मागबमोजिम आदेश जारी गरको छौं,’ आदेश सुनाउँदै प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराले भने । अदालतले उक्त मुद्दामा सोमबार संक्षिप्त आदेश जारी गरेको हो ।
न्यायाधीश ईश्वर खतिवडाका अनुसार फैसलाको पूर्णपाठ तयार भइसकेको छ । ‘पूर्ण पाठ दिन हामीले एक हप्ताका लागि समय लिएका थियौं । फैसला लेखनका लागि प्रधानन्यायाधीशले मलाई जिम्मा दिनुभएको थियो,’ न्यायाधीश ईश्वर खतिवडाले भन्नुभयो ।


जेठ ७ गते मध्यरातमा विघटन भएको प्रतिनिधिसभा पुनस्र्थापना गर्दै सर्वोच्च अदालतको संवैधानिक इजालसले संविधानको धारा ७६(५) अनुसार कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति गर्न समेत परमादेश जारी गरेको हो ।


फैसलामा देउवालाई दुई दिन भित्र अर्थात फैसला आएको २८ घण्टा भोलि २९ गते साँझ ५ बजेसम्म प्रधानमन्त्री नियुक्त गर्ने समयावधि तोकी परमादेश जारी गरेको हो । सर्वोच्चको सो परमादेशानुसार राष्ट्रपतिले २९ गते साँझ ५ बजेसम्म शेरबहादुर देउवालाइ प्रधानमन्त्री नियुक्त गर्नुपर्नेछ ।


प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गन्ुभएको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै बदर गरेको हो ।


जेठ ७ गते मध्यरातमा विघटन गरीएको प्रतिनिधिसभा पुनःस्थापना गरी ७ दिनभित्र अर्थात् २०७८ साउन ३ गते आइतबार अपराह्न ५ बजे भित्र प्रतिनिधिसभा अधिवेशन प्रारम्भ हुने गरी तत्काल व्यवस्था मिलाउनु पनी जारी परमादेशमा उल्लेख छ । आदेशमा भनिएको छ, ७६ को उपधारा ५ बमोजिम ओलीले प्रधानमन्त्रीमा गरेको दाबी संविधानसम्मत नभएको भनि प्रतिनिधिसभा पुनस्र्थापना गर्दै सर्वोच्च अदालतको संवैधानिक इजालसले संविधानको धारा ७६(५) अनुसार कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति गर्न परमादेश जारी गरेको हो ।