Top Headlines:

नेपालको भूमि साढे ३ करोडमा कित्ताकाट जनसंख्याभन्दा जमिनको टुक्रा धेरै

देशको जनसंख्या तीन करोड ९० लाख भएको बेला नेपालको जमिनका टुक्रा गत वर्षसम्म्मा तीन करोड ६३ लाख २१ हजार एक सय ९७ टुक्रामा कित्ताकाट गरिएको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक छ ।विभागको तथ्यांकअनुसार बुटवल (रुपन्देही)को जमिन सबैभन्दा बढी खण्डीकरण गरिएको छ । गत आवसम्म बुटवलको जमिन ३३ लाख ४५ हजार तीन सय ६७ वटा कित्तामा विभाजन भइसकेको छ । तत्र नेपालको जमिन भने एक लाख ४७ हजार एक सय ८१ वर्गकिलोमिटर क्षेत्रफल रहेको छ ।

गत आव मात्रै जमिन खण्डीकरण गरेर सात लाख २५ हजार नौ सय ५९ कित्ता थपिएका छन् । सरकारले दुई लाख २५ हजार नौ सय ४६ टुक्रा जमिनलाई भने खारेज गरेको छ ।