Top Headlines:

महानगरले शैक्षिक शुल्क वृद्धि फिर्ता लिए पनि,विद्यालयले टेरेनन्

 

गत फागुनमा गरेको ६० प्रतिशतसम्म गरिएको शुल्क वृद्धि १२ वैैशाखमा मेयर विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको शिक्षा समितिको बैठकले फिर्ता लिने निर्णय गरेको थियो । तर महानगरभित्रका विद्यालयहरूले भने  वास्ता गरेका छैनन् ।

शुल्क वृद्धिको चर्को विरोधपछि महानगरपालिकाले शिक्षा ऐन र विद्यालय शिक्षा व्यवस्थापन नियमावली–२०७४ अनुसार शुल्क निर्धारणको अधिकार नगर कार्यपालिकामा मात्र भएको भन्दै यसअघि समितिले गरेकोे निर्णय खारेज गरेको थियो ।तर महानगरको शिक्षा समितिले यसअघिको आफ्नो निर्णय सच्याउँदासम्म सबै विद्यालयले वृद्धि भएको शुल्क लागू गरिसकेका थिए । अहिले भने विद्यालयहरूले महानगरपालिकाबाट शुल्क वृद्धि फिर्ता लिएको पत्र नआएको भन्दै अभिभावक र विद्यार्थीसँग वृद्धि भएकै शुल्क लिइरहेका छन् ।