परीक्षा स्थगित भएको विरोधमा विद्यार्थीले वीरगञ्ज-पथलैया सडक अवरुद्ध गर्न थालेपछि प्रहरीले लाठीचार्ज गरेको थियो । स्थिति तनावपूर्ण बनेपछि प्रहरीले केही थान अश्रु ग्यास प्रहार गरेको छ । विद्यार्थीहरुको प्रदर्शनका कारण बिहान ७ बजेदेखि नै राजमार्ग अवरुद्ध छ ।
विद्यार्थीहरुको भिड नियन्त्रणको प्रयास भइरहेको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक सुबास हमाल ठकुरीले जानकारी दिए ।
घटनाबारे जानकारी लिन बाराका प्रहरी उपरीक्षक सानुराम भट्टराईसँग सम्पर्क गर्दा उनले पत्रकारसँग कुरा गर्ने फुर्सद नभएको प्रतिक्रिया दिए । ‘पत्रकारसँग कुरा गर्ने फुर्सद छैन, अप्रेसनमा छु,’ उनले भने ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्तासमेत रहेका डिएसपी रञ्जित सिंह राठौर भने तालिमका लागि केही दिनदेखि काठमाडौंमा छन् ।