Top Headlines:

राजपालाई फोरमको अहिलेसम्म २ वटा चिठी

काठमाडौं - राष्ट्रिय जनाता पार्टी (राजपा) नेपाल र संघीय समाजवादी फोरम नेपाल एकता प्रक्रियामा अघि बढेको छ ।

सुरुमा फोरमले राजपालाई चिठी पठाएर एकता गर्ने प्रस्ताव राखेको फोरम केन्द्रीय सदस्य डा. शिवजी यादवले बताउनु भयो । फोरमले अहिलेसम्म २ वटा चिठी पठाइसकेको छ भने राजपाले पहिलेको चिठीको जवाफमात्र पठाएको डा. यादलको भनाई छ ।

‘पहिलो कुरा एकता हो, एकतापछिमात्र सरकारमा रहने नरहने, भावी एजेन्डा के हुने भन्ने कुरा आउँछ,’ यादवले थप्नुभयो, ‘जे भए पनि एउटा प्रक्रिया सुरु भयो ।’