Top Headlines:

विप्लवसँग वार्ता गर्न तयार छौं: नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ

९ चैत, गोरखा । सत्तारुढ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले विप्लव समूहसँग वार्ता गर्न सरकार तयार रहेको बताएका छन् ।

शनिबार गृहजिल्ला आएका श्रेष्ठले सञ्चारकर्मीहरुसँग कुरा गर्दै श्रेष्ठले संविधान कार्यान्वयनको प्रक्रियामा जान नदिन र देशमा अस्थिरता कायम गरी शान्ति सुरक्षामा खलल पुर्‍याउने गतिविधिलाई सरकारले प्रशासनिक कोणबाट नियन्त्रण गर्ने बताए ।

तर, विप्लव समूह वार्तामा आउन नचाहेको उनले बताए । ‘विप्लव समूह एउटा राजनितिक शक्ति हो तर, उहाहरुले गरेको क्रियाकलाप गलत छ’ नेकपा प्रवक्ता श्रेष्ठले भने, ‘उहाँहरु तयार भए हामी जुनसुकै वेला पनि वार्तामा बस्न तयार छौं ।’