महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका एक उच्च अधिकारीले काभ्रेबाट बा १७ च ४८९३नम्बरको स्कारपियो जिपमा काठमाडौंतर्फ आइरहेका ओलीसहितका ९ नेता कार्यकर्तालाई काभ्रेको खानीखोला–७, मिल्चेबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिए ।
‘हेमन्तप्रकाश ओली सुदर्शनसहित ९ नेता–कार्यकर्ता प्रहरीको नियन्त्रणमा पर्नु भएको छ,’ रानीपोखरीमा कार्यरत एक उच्च प्रहरी अधिकारीले ग भने ।
पक्राउ पर्नेमा धर्मराज राजबाहक, रामकृष्ण खतिवडा, शंकर अधिकारी र विजय श्रेष्ठ छन् । त्यस्तै, ललित तामाङ, सञ्जीव कार्की, देव घिमिरे र लोकेन्द्र खड्कालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्ने सबै मध्यकमाण्डका हुन् ।
प्रहरी स्रोतका अनुसार, नियन्त्रणमा लिइएका सबै नेता–कार्यकर्तालाई अहिले काभ्रेबाट काठमाडौं परिसर, टेकु ल्याउने तयारी भइरहेको छ ।
यसअघि प्रहरीले ओलीलाई नियन्त्रणमा लिन काभ्रेमै सर्च अपरेशन चलाएको थियो । ओली प्रहरीलाई छक्याउँदै भाग्न सफल भए पनि चार नेता कार्यकर्ता पक्राउ परेका थिए । तथापि, उनी त्यसको केही दिनपछि प्रहरीको नियन्त्रणमा परेका छन् ।
सरकारले विप्लव नेतृत्वको पार्टीमाथि प्रतिबन्ध लगाएपछि पक्राउ पर्ने ओली सबैभन्दा उच्च तहका नेता हुन् । ओलीले सम्हालेको मध्यकमाण्ड अहिलेसम्म सबैभन्दा धेरै नेता–कार्यकर्ता पक्राउ पर्ने क्षेत्र बनेको छ । एकपछि अर्को नेता–कार्यकर्ता पक्राउपछि विप्लवको मध्यकमाण्ड क्षेत्रमा धक्का लागेको छ ।