Top Headlines:

सबैभन्दा खुसी देशको सूचीमा फिनल्याण्ड एक नम्बरमा, नेपाल १०० औं स्थानमा

काठमाडौं– विश्व खुसी दिवसको अवसरमा बुधबार सार्वजनिक गरिएको राष्ट्रसंघीय सूचीमा फिनल्याण्ड विश्वमा सबैभन्दा खुसी देशको सूचीमा यसवर्ष पहिलो नम्बरमा परेको छ ।   यस्तै   राष्ट्रसंघीय सूचीको दोस्रो नम्बरमा डेनमार्क, तेस्रोमा नर्वे, चौथोमा आइसल्याण्ड, पाँचौंमा नेदरल्याण्ड परेका छन् । यस्तै छटौदेखि दशौंसम्म क्रमशः स्वीजरल्याण्ड,  स्वीडेन, न्यूजील्याण्ड, क्यानडा र अष्ट्रेलिया छन् । यो सूचीमा नेपाल १०० औं स्थानमा रहेको  छ ।