Top Headlines:

राप्रपाको शक्ति प्रदर्शन काठमाडौंमा

राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय कार्य समितिको विस्तारित बैठकको उद्घाटनका क्रममा शुक्रबार काठमाडौंमा राप्रपाले शक्ति प्रदर्शन गरेको छ।

राप्रपाका केन्द्रीय सदस्य, ७७ वटै जिल्लाका अध्यक्ष, भातृ संगठनका अध्यक्ष र पार्टीका विभागीय समितिका प्रमुख र नेता कार्यकर्ताको सहभागितामा शुक्रबार बिहान राजधानीको भृकुटीमण्डपस्थित कार्यक्रम स्थलसम्म राप्रपले शक्ति प्रदर्शन गरेको हो।

यसपछि विस्तारित बैठकमा पार्टीले घोषणा गरेको शान्तिपूर्ण जनसंघर्ष, देशको समसामयिक घटनाक्रमलगायतका विषयमा छलफल हुने र आन्दोलनको स्वरूप तय गरिने राप्रपाले जनाएको छ।

फागुन ७ गते प्रधानमन्त्रीलाई २२ बुँदे माग सहितको ज्ञापनपत्र बुझाएर फागुन मसान्तसम्मको बटमलाइन दिएको राप्रपा चैत्रको पहिलो साताबाट आन्दोलनमा उत्रिँदैछ।

हिन्दुराष्ट्रको पुनस्र्थापना, राजसंस्थाको विषयमा सर्वपक्षीय गोलमेच सम्मेलन, संघीयताको खारेजी, भारतसँग भएको १९५० को सन्धि र असमान सम्झौता पुनरावलोकन र खारेजीको मुद्दासहित राप्रपा संघर्षमा जान लागेको हो।