Top Headlines:

नेपाली सेनाको झलनाथ खनालले गरे प्रशंसा

काठमाडौं–  शुक्रबार संसदको विकास समितिमा काठमाडौं तराई, मधेस स्थलगत अध्ययन तथा अवलोकन भम्रण प्रतिवेदनबारे भएको छलफलमा पूर्वप्रधानमन्त्री एवं नेकपाका नेता झलनाथ खनालले बर्षौदेखि अलपत्र परेको आयोजना १८ महिनामा सेनाले उल्लेखनीय काम गरेको बताए । 

 यसअघि बर्षौसम्म पर्खिदा पनि काम नभएको अवस्थामा सेनाले जिम्मेवारी लिएपछि कामको गति बढेको बताउँदै उनले भने–‘नेपाली सेनाले विकासका काम गर्दा धेरै महत्वपूर्ण उपलब्धी हासिल भएको छ । विकासका लागि पश्चिमी, पूर्वीय धेरै मोडेल भएजस्तै सेनाले गर्ने विकास निर्माणको काम नेपालको मौलिक मोडेल बनेको छ । यसले विकास निर्माणमा महत्वपूर्ण भूमिका खेलेको छ ।

उनले फास्ट ट्रयाकको काममा डिपिआर तयार भएपछि निर्माण कार्य द्रूतगतिमा अघि बढ्ने बताए । खनालले निर्माण कार्यमा धेरै जटिलता रहेको, स्थानीयका समस्या, वातावरणीय समस्या रहेको बताउँदै ती समस्याहरुको समाधान गर्दै जानुपर्ने बताए । 

गत पुस ६ र १६ गते दुई चरणमा विकास समितिले फास्ट ट्रयाकको स्थलगत अवलोकन गरेको थियो । अवलोकनका क्रममा कूल ७६.२ किमी सडकमध्ये ७० प्रतिशत अर्थात ५४ किमी सडकको कटिङ्ग फिलिङ्गको काम सकिएको जानकारी दिइएको छ ।