Top Headlines:

बाबुराम भट्टराईको प्रश्न : सरकारले जनमत संग्रह स्वीकारेको हो ?

 

२४ फागुन, काठमाडौं । शुक्रबार सरकारसँग भएको स्वतन्त्र मधेस गठबन्धन जनमत संग्रहको सहमति गरेको हो कि होइन  सरकारले प्रष्ट पार्नुपर्नेनयाँ शक्ति पार्टी नेपालका संयोजक तथा पूर्वप्रधानमनत्ती डा. बाबुराम भट्टराईले बताएका छन् ।

 सरकारसँग भएको सहमतिबारे सिके राउतले जनमत संग्रह गर्ने सहमति भएको प्रतिक्रिया सार्वजनिक गरेका बेला भट्टराईले जनमत संग्रह स्वीकार गरेको हो कि होइन सरकारले प्रष्ट पार्नुपर्ने बताएका हुन् ।

सरकारले जनमतसंग्रह स्वीकारेको हो ? अब प्रष्ट गर्ने पालो सरकारको हो ! नत्र घीउ बेचुवा र तरवार बेचुवाको कथा जस्तो होला ! दुवै पक्ष बोलून् !’ पूर्वप्रधानमन्त्री भट्टराईले सिके राउतसँग ११ बुँदे सहमतिपछिको गन्तव्य के हो भन्ने पनि नखुलेको बताएका छन् ।