Top Headlines:

उर्जामन्त्री पुन नर्भिक अस्पतालमा भर्ना, प्रधानमन्त्री भेटेर फर्किए

उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन अस्पताल भर्ना भएका छन्।

बिहिबार साँझ मुटुको धढ्कन एक्कासी बढ्ने र छाती दुख्ने समस्या भएपछि उनलाई थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको मन्त्री निवास स्रोतले बताएको छ।

उनलाई सिसियु कक्षमा राखेर मुटुरोग विशेषज्ञ यादव भट्टको टिमले उपचार गरिरहेको छ। मुटु र श्वासप्रस्वासमा समस्या देखिएको छ। उनलाई केही अघि प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा र वनमन्त्री शक्तीबहादुर बस्नेतले भेटेर फर्केका छन्।

उनको स्वास्थ्यमा निरन्तर समस्या देखिइरहन्छ। यसअघि पनि उनी पटकपटक उपचारका लागि लामो समय बैंकक गएर बसेका थिए। भारतमा पनि उपचार गराएका छन्। केही महिना अघि पनि मुटुको धढ्कन बढ्ने र छाती चस्किने समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको स्रोतले बतायो।