Top Headlines:

मन्त्रीसहितको सरकारी टोलीद्वारा डोल्पाको मोरिम्ला नाकादेखि दुनै जोड्ने सडको अनुगमगन

माथिल्लो डोल्पाको मोरिम्ला नाकादेखि डोल्पाको सदनरमुकाम दुनै जोड्ने सडकको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।

डोल्पा जिल्लाबाट निर्वाचित सांसद एवम् पर्यटन राज्यमन्त्री धन बहादुर बुढाको अगुवाईमा सोमबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, सडक बिभागका महानिर्देशक रविन्द्रनाथ श्रेष्ठ, भौतिक पूर्वाधार यातायात मन्त्रालयका सचिव मधुसुधन अधिकारीको टोलीले माथिल्लो डोल्पा पुगेर सडकको निरीक्षण गरको छ।

मोरिम्ला नाकादेखि धो सम्मको ६५ किलोमिटर सडक सडक विभागले निर्माण गरिरहेको छ।

त्यसै गरी दुनै–ल्यासिक्याप २५ किलोमिटर ग्रामीण पूर्वाधार तथा जीविकोपार्जन सुधार कार्यक्रम (ड्रिलिप)ले ट्रयाक खुलाइसकेको  पर्यटन राज्यमन्त्री एवम् डोल्पाबाट निर्वाचित सांसद धनबहादुर बुढाले बताए।

बाँकी ३० किमी सडक निर्माण कडा चट्टानयुक्त भएकाले अहिले २४ करोड वजेट बिनियोजन गरिएको राज्यमन्त्री बुढाले बताए।

यो सडकले नेपाल र भारत जोड्यो भने उत्तर–दक्षिण जोडिने नेपालकै छोटो लोकमार्गको रुपमा बिकासगर्न सकिने मन्त्री बुढाले जानकारी दिए।

मोरिम्ला नाकादेखि धोसम्मको ६५ किलोमिटर सडक निर्माण भइसकेकाले सर्वसाधारणको सुविधाको लागि मोटरसाइकल सञ्चालनमा आइसकेको छ। यसैबीच छिमेकी मुलुक चीनबाट करिब २०० मोटरसाइकलको र्‍याली यो राजमार्गमा भएको थियो।