Top Headlines:

अब घर भत्काएर सडक विस्तार गरिँदैन : विद्यासुन्दर शाक्य

 चुनावअघिका प्रतिवद्धता पूरा गर्न नसकेको भनेर आलोचित बन्दै आएका छन् काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य । खासगरी सामाजिक सञ्जालमा उनीमाथि अत्यधिक प्रहार हुने गरेको छ ।

उनै मेयर शाक्यको संयोजकत्वमा ललितपुर महानगरपालिकासहित उपत्यकाका १८ वटा स्थानीय तह संगठित भएका छन् । यसलाई ‘उपत्यका नगरपालिका फोरम’ नाम दिइएको छ जसले उपत्यकाको वातावरणीय स्वच्छताका साथै यसलाई उन्नत सहरका रुपमा विकास गर्ने गरी ८ बुँदे सामूहिक प्रतिवद्धता जनाएको छ ।

एक्लैले सफल बनाउन नसकिएको काम सामूहिक प्रयासबाट सफल हुनेमा आशावादी देखिएका छन् शाक्य । उनले काठमाडौं उपत्यकाको सरसफाइ र फोहर व्यवस्थापनमा केन्दि्रत रहेर  कुराकानी गरे । साथै चक्रपथमा मोनोरेल सञ्चालनको पुरानै आश्वासन दोहोर्‍याए ।