Top Headlines:

अध्यक्ष दाहाल चीन प्रस्थान

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चार दिने भ्रमणका लागि शनिबार दिउँसो चीन प्रस्थान गरेका छन्।

चिनियाँ पार्टीको निमन्त्रणामा प्रचण्ड चीन गएका हुन्।

'दुई पार्टीबीचको सम्बन्ध सुदृढ गर्ने, दुई देशबीच भएका पछिल्ला सहमति समझदारीलाई प्रभावकारी कार्यान्वयनको वातावरण बनाउने यी कुरामा भ्रमण केन्द्रित हुन्छ', त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रचण्डले भने।

कम्युनिष्ट पार्टीको निमन्त्रणमा आफू चीन जान लागेकोले 'पार्टी टू पार्टी रिलेसन नै मेरो भ्रमणको मुख्य विषय हो।'