Top Headlines:

एसिया कप छनोट : नेपाल पहिलो जित हात पार्न सफल

एसिया कप छनोट क्रिकेटमा नेपालले पहिलो जित हात पार्न सफल भएको छ। लगातार दुई खेलमा पराजित नेपाल शनिबार मलेसियालाई १९ रनले हराएर पहिलो जित हासिल पार्न सफल भएको हो।

नेपालले दिएको १८९ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित ३० ओभरमा ९ विकेट गुमाएर १६९ रन मात्र बनायो।

बलिङमा नेपालका लागि बसन्त रेग्मीले सर्वाधिक ३ विकेट लिए। बसन्तले ६ ओभरमा ३६ रन खर्चेर ३ विकेट लिए। यस्तै, सोमपाल कामी र सन्दीप लामिछानेले २-२ विकेट लिए भने दीपेन्द्र सिंह ऐरी र सागर पुनले १-१ विकेट लिन सफल भए।