Top Headlines:

राष्ट्राध्यक्ष तथा सरकार प्रमुख राष्ट्रपति भवनमा

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीका देशहरूको प्रयास (बिमस्टेक)को चौथो शिखर सम्मेलनका लागि नेपाल आएका छवटै मुलुकका विशिष्ट पाहुनाहरू राष्ट्रपति विद्यादेवी भण्डारीसँगको संयुक्त भेटवार्ता गरेका छन्।

उनीहरूलाई राष्ट्रपतिका सल्लाहकार सुशील प्याकुरेल, राष्ट्रपति कार्यालयका सचिव विनोद केसीलगायतले कार्यालयमा स्वागत गरेका थिए। 

राष्ट्रपति भण्डारीले उनीहरूको सम्मानमा आयोजना गरेको दिवा भोजमा सरिक हुन उनीहरू शीतलनिवासमा प्रवेश गरेका थिए। दिवा भोज सकिएसँगै उनीहरू सोल्टी होटलतर्फ प्रस्थान गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीलगायत उच्च पदस्थ अधिकारीहरू सो कार्यक्रममा सहभागी थिए। 

बिमस्टेकमा नेपालसहित सात राष्ट्र सदस्य छन्। सम्मेलनमा भाग लिन सदस्य मुलुकका राष्ट्राध्यक्ष तथा सरकार प्रमुख नेपाल आएका छन्।

बिमस्टेक शिखर सम्मेलनमा आजैदेखि सुरू हुँदैछ।