Top Headlines:

एसियाडमा नेपाल जापानसँग १-० गोलले पराजित

नेपाली यु–२३ फुटबल टोलीले पहिलो खेलमा एसियाली महारथी जापानसँग १-० गोल अन्तरमा पराजित भएको छ।

इन्डोनेसियामा जारी एसियाड अन्तर्गत पुरूष फुटबल प्रतियोगिताको पहिलो खेलमा नेपालले बलियो प्रतिद्वन्द्वी जापानसँग झिनो गोल अन्तरमा पराजित भएको हो।

सिकाराङस्थित विबावा मुक्ति रंगशालामा भएको खेलमा जापानलाई जिताउन मिटोमा काउरुले सातौ मिनेटमा गरेको गोलनै निर्णायक बन्यो।

नेपालले बलियो जापानविरुद्धको खेलमा एकपटक मात्र पोस्ट आक्रमण बुनेको थियो। जापानले भने नेपालको पोस्टमा दर्जन आक्रमण बुन्दा एक गोल गर्न सफल भएको हो।

नेपालका कप्तान तथा गोलरक्षक किरण चेम्जोङको उत्कृष्ट प्रदर्शनले नेपालले सुधारिएको प्रदर्शन गरेको हो।

यही समूह ‘डी’ मा भियतनामले पाकिस्तानलाई ३–० ले पराजित गरिसकेको छ।