Top Headlines:

टोरिनोमाथि लिभरपुलको प्रभावशाली जित

लिभरपुलले टोरिनोमाथि प्रभावशाली जित निकालेको छ। प्रि–सिजन भ्रमणको सुखद अन्त्य गरेको इंग्लिस क्लब लिभरपुलले इटालियन क्लब टोरिनोमाथि ३–१ को प्रभावशाली जित निकालेको हो। एनफिल्डमा मंगलबार राति भएको खेलमा लिभरपुललाई जिताउन रोबर्टो फिर्मिनो, जर्जिन्हो विज्नल्डम र ड्यानियल स्टुरिजले गोल गरे। टोरिनोका एन्द्रिया बेलोट्टीले एक गोल फर्काएका थिए।

खेलको २१ औं मिनेटमा फिर्मिनोको गोलबाट सुरूवाती अग्रता लिएको लिभरपुलले २४ औं मिनेटमा विज्नल्डमले गोल गरेपछि लिभरपुल २–० ले अगाडि रह्यो।

३१ औं मिनेटमा टोरिनोका एन्द्रिया बेलोट्टीले गोल गरे। यसै सिजन क्लबमा अनुबन्ध भएका ब्राजिली फाविन्होले पेनाल्टीमा गोल गर्न चुके पछि पहिलो हाफ लिभरपुल २-१ ले अघि रह्यो। 

खेलको ८७ औं मिनेटमा ड्यानियल स्टुरिजले गोल गरेपछि लिभरपुल ३–१ ले विजयी भयो।

लिभरपुलले आइतबार वेस्टह्यामसँग खेल्दै प्रिमियर लिगको शुरुवात गर्नेछ।