Top Headlines:

शेष घले द्वारा गोर्खा स्मारक अवलोकन

 स्याङ्जा,२४ चैत ,एन आर एन अन्तरास्ट्रिय समन्वय परिषदका निबर्तमान अध्यक्ष तथा अस्ट्रेलियाका सफल व्यवसायी शेष घले, परिवार तथा बिभिन्न देशका एन आर एन प्रतिनिधि हरुको समुहले गोर्खा भुतपुर्ब सैनिक संगठन गेसो द्वारा फेदीखोला गाउ पालिका-१, स्याङ्जा मा निर्माणाधीन गोर्खा स्मारकको अवलोकन गर्नु भएको छ | सो क्रममा प्रतिनिधि सभा / संबिधान सभाका भुतपुर्ब संसद हितकाजी गुरुङ सहित गोर्खा स्मारक निर्माण समितिका पधादिकारी तथा रामकोट, साल्मे र कुडूले गाउ का बासिन्दाले फुल, माला, खदाले स्वागत गर्नु भएको थियो |

स्वागत पछि आयोजित कार्यक्रमलाई एन आर एन अन्तरास्ट्रिय समन्वय परिषदका निबर्तमान अध्यक्ष शेष घलेले सम्बोधन गर्नुहुदै गोर्खा स्मारक सहयोगहरु बाट निर्माणाधीन बृहत परियोजना भएकोले लामो समय लाग्ने क्रमिक रुपले उप आयोजनाहरुको निर्माण सम्पन्न गर्दै संगै गोर्खा स्मारकको प्रबर्दन गर्न गोर्खा दिवस/ पुर्खा दिवस या यस्तै कुनै कार्यक्रम बार्षिक रुपमा साल्मे डाँडामा मनाउन सुझाब दिनुभयो, गोर्खाली नेपालकै गौरब भएकोले विश्व भर छरिएर रहेका नेपालीहरुले हातेमालो गर्दै राष्ट्रिय अन्तरास्ट्रिय क्षेत्र बाट सहयोग गर्न आवश्यक रहेको र अस्ट्रेलियाको लागि आफुले पहल कदमी लिदै गोर्खा स्मारक निर्माणमा कुनै पनि किसिमको सहयोग गर्न तयार रहदै गोर्खा स्मारक संग जोडिने बताउनु भयो |

सोहि कार्यक्रमलाई सम्बोधन गर्नुहुदै फेदीखोला गाउ पालिकाका अध्यक्ष घनश्याम सुबेदीले गोर्खा सैनिकले नेपाललाई विश्व मा नै गोर्खाली को नाउ बाट देशलाई नै गौरवान्वित बनाउन सफल उनै गोर्खाली को सम्मानमा निर्माणाधीन गोर्खा स्मारकको निर्माण राज्यको दायित्व भएकोले राज्यको प्रतिनिधि स्थानिय सरकारले पहलकदमी लिने बताउनु भयो | कार्यक्रम गोर्खा स्मारक निर्माण समितिका उपाध्यक्षटिका बहादुर पुनको सभापत्तित्वमा सम्पन्न उक्त कार्यक्रममा गोर्खा स्मारकका सल्लाहकार डाक्टर चन्द्र बहादुर गुरुंगले स्वागत मन्तब्य र रामकोट कम्मुनिटी होम स्टे, फेदीखोला -१ स्याङ्जा का अध्यक्ष अबिलास गुरुङ संचालन गर्नु भएको थियो |