Top Headlines:

विमान दुर्घटनामा ४९ जनाको मृत्यु भएको पुष्टि

चालक दलका चार सदस्यसहित ७१ जना सवार युएस बाङ्ला एयरलाइन्सको विमान काठमाडौंमा अवतरणका क्रममा दिउँसो २ बजेर २० मिनेटमा दुर्घटनाविमान दुर्घटनामा ४९ जनाको मृत्यु भएको पुष्टि चालक दलका चार सदस्यसहित ७१ जना सवार युएस बाङ्ला एयरलाइन्सको विमान काठमाडौंमा अवतरणका क्रममा दिउँसो २ बजेर २० मिनेटमा दुर्घटना भएको छ । फ्लाइट नम्बर यु बिजी २११ को विमान त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा धावनमार्ग बाहिर दुर्घटनामा परेको थियो । दुर्घटनामा हालसम्म ४९ जनाको मृत्यु भएको छ ।

घाइतेको अस्पतालमा उपचार भइरहेको छ  । अस्पताल परिसरमा यात्रुका आफन्तहरुको भीड लागेको छ ।विमानमा ३३ नेपाली यात्रु रहेको पुष्टि भएको छ ।