Top Headlines:

राष्ट्रपतिमा विद्यादेवीलार्इ नै उठाउने एमाले निर्णय

मंगलबार अबेर राति सम्पन्न एमालेकाे स्थायी कमिटीकाे बैठकले राष्ट्रपति निर्वाचनमा विद्यादेवी भण्डारीलार्इ नै उठाउने निर्णय गरेकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न स्थायी कमिटीकाे १०१ अाैं बैठकमा वरिष्ठ नेता झलनाथ खनालकाे उम्मेदवारीका सम्बन्धमा पनि छलफल चलेकाे थियाे । तर झन्डै पाँच घन्टा चलेकाे बैठकले भण्डारीकै नामलार्इ सर्वसम्मत गर्याे।

अागामी २९ फागुनमा हुने  राष्ट्रपति निर्वाचनका लागि बुधबार उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेकाे छ । वाम गठबन्धनकाे निर्णय अनुसार राष्ट्रपति पद एमालेकाे भाग परेकाे थियाे । एमालेले राष्ट्रपति पाउनेबित्तिकै भण्डारी र खनाल दुवैले अाफ्नाे पक्षमा लबिङ गर्दै अाएका  थिए । अाफ्नाे कार्यकाल अपुराे भएकाेले अाफूलार्इ नै राष्ट्रपतिमा दाेहाेर्याउन भण्डारीले अाग्रह गरेकी थिइन् ।

स्थायी कमिटीकाे बैठकमा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालकाे मत निर्णायक हुने बताइएकाे थियाे । अनुमान अनुसार नै बैठकमा नेता नेपालले अन्तिम क्षणसम्म खनालकाे पक्षमा अडान राखेका थिए । बैठक सुरूवात नै नेपालकाे बर्थडे केक काटेर सुरू गरिएकाे थियाे । उनलार्इ प्रधानमन्त्री अाेलीले केक खुवाएका थिए ।

निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले उम्मेदवारको मनोनयनका लागि आयोगका तर्फबाट सबै तयारी सकिएको र पूर्वनिर्धारित कार्यतालिका अनुसार नै मनोनयन दर्ता हुने जानकारी दिए ।

आयोगले बुधबार बिहान १० देखि दिउँसाे २ बजेसम्मको समय राष्ट्रपति उम्मेदवार मनोनयनका लागि तोकेको छ ।