Top Headlines:

६५ वर्षमै वृद्धभत्ता र भूकम्पपीडितलाई थप १ लाख दिने सरकारको निर्णय

अब ६५ वर्ष पुगेका नागरिकले वृद्धभत्ता पाउने भएका छन्।

मन्त्रिपरिषद्को बुधबार साँझ बसेको बैठकले ६५ वर्षमै वृद्धभत्ता दिने निर्णय गरेको हो।

यसअघि ७० वर्ष पुगेपछि वृद्धभत्ता दिने व्यवस्था थियो।

सरकारले वृद्धभत्तावापत मासिक २ हजार रुपैयाँ उपलब्ध गराउँदै आएको छ।

मन्त्रिपरिषद्को सोही बैठकले भूकम्पपीडितलाई घर बनाउन थप एक लाख रुपैयाँ दिने पनि निर्णय गरेको कानुन मन्त्री यज्ञबहादुर थापाले जानकारी दिए।

यसअघि सरकारले भूकम्पपीडितलाई तीन लाख रुपैयाँअनुदान दिने व्यवस्था गरेको थियो।