Top Headlines:

राष्ट्रिय सभा निर्वाचन सम्पन्न भएलगत्तै नयाँ सरकार बन्छः एमाले नेता खनाल

नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले राष्ट्रिय सभा निर्वाचन सम्पन्न भएलगत्तै मुलुकमा नयाँ सरकार बन्ने बताउनु भएको छ ।

वरिष्ठ नेता खनालले बामपन्थी गठबन्धनको नेतत्वमा नयाँ सरकार बन्ने र त्यसले मुलुकको विकास, निर्माणको कामलाई तीव्रता दिने दावी समेत गर्नु भयो ।

शनिवार काठमाडौं क्षेत्र नम्बर ८ का सांसदहरुलाई शुभकामना दिन आयोजित कार्यक्रममा बोल्दै उहाँले प्रदेश नम्बर २ मा पनि बामगठबन्धनकै नेतृत्वमा सरकार बनाउन पहल भईरहेको खुलासा पनि गर्नु भयो ।

वरिष्ठ नेता खनालले जनतालाई न्याय हुने गरी विकास, निर्माणको कामलाई अघि बढाउन सबै स्थानीय तहलाई पनि सचेत गराउनु भयो । उहाँले स्थानीय सरकारले विकास, निर्माणको कामलाई अघि बढाउन आवश्यक योजना तय गरिसकेकाले अव त्यसलाई प्रभावकारी रुपमा कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिनु भयो ।

वरिष्ठ नेता खनालले मुलुकलाई समृद्ध बनाउन सबै पक्षले जोड दिनुपर्ने आवश्यक्ता पनि औंल्याउनु भयो ।