Top Headlines:

गगन थापाको संयोजकत्वमा कांग्रेसले बनायो प्रचारप्रसार समिति

नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीले अवलम्बन गरेका नीति,कार्यक्रम र उम्मेदवारहरूले आ–आफ्ना निर्वाचन क्षेत्रमा उठाएका राष्ट्रिय तथा स्थानीय सरोकारका विषयहरूलाई मतदातासमक्ष पुर्‍याउन निर्वाचन प्रचार प्रसार समन्वय उपसमिति गठन गरेको छ ।

केन्द्रीय कार्यसमितिका सदस्य श्री बालकृष्ण खाँणको संयोजकत्वमा गठित नेपाली कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिले केन्द्रीय निर्वाचन प्रचार प्रसार समन्वय उपसमितिलाई आज पूर्णता दिइएको नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।

केन्द्रीय निर्वाचन प्रचारप्रसार समन्वय उपसमिति :