Top Headlines:

त्रिशूली बस दुर्घटनाः मृतकको संख्या ३१पुग्यो

धादिङ, ११ कात्तिक। 

 धादिङको गजुरी गाउँपालिका ५ बांगेमोडबाट त्रिशुली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या ३० पुगेको छ । जिल्ला प्रशासन कार्यालय धादिङका प्रशासकीय अधिकृत राममणि मिश्रका अनुसार मृत्यु हुनेमा ११ पुरुष, १० महिला र ९ बालबालिका छन् ।

सप्तरीको राजविराजबाट काठमाडौं आउँदै गरेको ना ६ ख १४६७ नम्बरको बस शनिबार बिहान करिब ६ बजेतिर त्रिशुली नदीमा खसेको थियो । नदीमा डुबेको बसलाई क्रेनको सहायताले बाहिर निकाल्ने प्रयास भइरहेको छ ।

घाइतेहरुका अनुसार बसमा ६४ यात्रु थिए । १६ जना घाइतेको उद्दार गरिएको छ । बसले थिचेको हुनसक्ने आशंकामा खोजी भइरहेको प्रहरीले जनाएको छ । घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली उद्धारका लागि परिचालन गरिएको छ ।