Top Headlines:

झापामा तनावग्रस्त, प्रहरीको गोलीबाट एकको मृत्यु

१० कात्तिक, झापा ।

बालकको मृत्यु प्रकरणबारे छानविन गर्न माग गर्दै निकालिएको र्‍यालीमा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका ११ का नरेश थापा छन् ।

विर्तामोडस्थित इलाका प्रहरी कार्यालय अगाडि प्रदर्शन गरिरहेको समूहमाथि प्रहरीको गोली चलाएको थियो । प्रहरीले १४ राउण्ड गोली चलाएको थियो । गोली लागेर १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते छन् ।

घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।