Top Headlines:

फेवातालमा ६ वटा प्याराग्लाइडिङ खसे

पोखरा, ३० असोज– छ वटा प्याराग्लाइडिङ पोखराको फेवातालमा खसेका छन् । सराङकोटबाट उडान भर्ने प्याराग्लाइडिङ फेवातालमा खसेका हुन् । त्यसमध्ये एउटा वाटर फन्ट होटलको अगाडि र ५ वटा तालमा खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा १२ जना घाइते भएको कास्की प्रहरीका प्रवक्ता खड्क बहादुर खत्रीले बताए ।

उनका अनुसार तालमा फसेका प्याराग्लाइडरको खोजी भइरहेको छ ।

सोमबार दिउँसो हावाहुरी चलेका कारण प्याराग्लाइड खसेको हुनुक्ने अनुमान प्रहरीको छ ।