Top Headlines:

विश्व क्रिकेट लिग च्याम्पियनसिपः हङकङसँग नेपाल पराजित

काठमाडौं, २७ असोज – आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत छैटौं चरणको पहिलो खेलमा नेपाल हङकङसँग पराजित भएको छ ।

हङकङमा आज भएको खेलमा नेपाल घरेलु टोलीसँग रनले ८३ रनले पराजित भएको हो । हङकङस्थित मिसन रोड ग्राउण्डमा हङकङले दिएको १९५ रनको सामान्य लक्ष्य पछ्याएको नेपाल ३४ ओभर ५ बलमा अलआउट हुँदै १११ रनमा समेटियो ।

यो हारसँगै नेपालको विश्वकप छनोट खेल्ने सम्भावनामा समेत धक्का लागेको छ । सन् २०१८ मा हुने विश्वकप छनोटमा स्थान बनाउनका लागि नेपाललाई यो खेल निकै महत्वपूर्ण रहेको थियो ।

नेपालले हङकङ दोस्रो खेल आइतबार खेल्ने छ । च्याम्पियनसिपको अन्तिम सातौं चरणमा नेपालले युएईसँग उसैको मैदानमा खेल्दैछ ।