Top Headlines:

दावा गेल्जे शेर्पाले उम्मेदवारी दिदै यस्तो अपिल गरे ।


घोषणपत्र
गैर आवसीय नेपाली संघ युरोप संयोजकमा म दावा गेल्जे शेर्पाको उमेदवारी


गैर आबासीय नेपाली संघको अभियानको शुरुवात देखि नै म दावा गेल्जे शेर्पा एन।आर।एन अभियानमा लागेको छु । आफ्नो महत्वपुर्ण कामहरुलाई थाती राख्दै आफ्नो परिवारलाई भन्दा पनि बढी यो संस्थालाई समय दिएको छु । जसको कारणले नै आज एन।आर।एन अभियानको पिलर तथा खम्वाको रुपमा रहदै आएको छु । मेरो एन।आर।एन प्रबेस देखि नै यो संस्था प्रति धेरै नै ठुलो योगदान रहेको तपाईहरु सम्पुर्णलाई थाहा नै रहेको छ । म जर्मनीकोे राष्ट्रिय संमन्वय समिति सदस्य हुदैं यो सस्थामा निस्वार्थ भावनाबाट लागेको पनि तपाईलाई थाहा नै छ । एन।आर।एनको हरेक अभियनमा मेरो सक्रियतालाई सबैले महसुस गर्नु भएकै छ । म जर्मनी निवासी भए पनि आफ्नो जन्म भुमिसंग धेरै नै नजिक रहेको छु । म जर्मनी एनंआर।एनको सल्लाहकार, एनसीसी सदस्य, आईसीसी सदस्य, र युरोप सह–संयोजकको भुमिकामा रही कार्य गर्ने अवसर पनि पाएको छु यो अवसरलाई सम्पन्न गर्नेको लागि मैले निम्न कार्यहरु गरेको छु । युरोपमा राष्ट्रिय समिति गठन भएका २७ मध्ये अधिकांश देशहरूमा म स्वयं सहभागी भई एन.आर.एन. अभियानलाई सबल र सुदृढ बनाउन समाहित भएको छु ।एन।आर।एन संघका विभिन्न इकाईहरूमा प्रभावकारी पुल र समन्वयकर्ताको रूपमा अग्रसर रहँदै आएको छु ।


युरोपमा राष्ट्रिय समन्वय समितिहरुसग सहकार्य गदैं समन्वयकारी भुमिका निर्वाह गदै काम गदैं आएको छु ।
नेपाली कला सस्कृतिलाई बिश्व सम्म पु¥याउनको लागि लागि पर्ने छु वैदेशिक रोजगारलाई व्यवस्थित, मर्यादीत बनाउन गैरआवासीय नेपाली संघले लिएको निती अन्तर्गत कल्याणकारी कोषलाई मजबुत बनाउने अभियनलाई लक्ष्यमा पु¥याउन लागि पर्ने छु ।एनआरएन भित्रका हरेक प्रकारका विभेदलाई अन्त्य गर्दै समानता र अपनत्वका लागि साझाँ एनआरएन मैत्री बातावरण बनाउन सहयोग गर्ने छु । युरोपमा नेपालीहरुको पहिचानलाई एकिकृत बनाउने ।


युरोपमा बसोबास गर्ने नेपाली बीच संयुक्त लगानीको थालनीको निरन्तरता दिने । गैर–आवासिय नेपाली संघमा मेरो गहन अनुभवका कारण मैले यस अभियानको चुनौति र अवसरहरुलाई निकटबाट बुझेको छु । ति चुनौति र अवसरहरुको ब्यवस्थापनमा सक्रिय रहने र आगामी कार्यकालको कार्य–समितिलाई संघका उदेश्यहरुको प्राप्तिमा सहयोग गर्ने उदेश्यका साथ मैले आगामी कार्यकाल २०१७–२०१९ का लागि युरोप संयोजकमा मेरो उम्मेदवारी घोषणा गर्दछु । एन।आर।एनए अभियानको गरिमालाई कायम राख्दै परिणाममुखि एवं प्रभावकारी काम गर्ने मेरो प्रतिवद्धतालाई सहयोग र समर्थन गर्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु । तपाईहको अमुल्य सहयोगको अपेक्षा गरेको छु ।
धन्यवाद


दावा गेल्जे शेर्पा,जर्मन
युरोप क्षेत्रीय सह संयोजक
उमेदवार
युरोप क्षेत्रीय संयोजक
२०१७–२०१९