Top Headlines:

निगमको कार्यकारी निर्देशकको जिम्मा आचार्यलाई

सरकारले नेपाल आयल निगमको कार्यकारी निर्देशकको रुपमा उपसचिव प्रेमप्रसाद आचार्यलाई नियुक्त गरेको छ । गोपाल खड्कालाई बर्खास्त गरेपछि आचार्यलाई सो पदमा नियुक्त गरिएको हो ।

आचार्यलाई मन्त्रिस्तरको निर्णयबाट कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको हो।

अर्को व्यवस्था नभएसम्म आचार्यलाई निगमको कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको आपूर्ति मन्त्रालयले जनाएको छ ।

 नेपाल अायाल निगमको जग्गा खरीद प्रकरणमा भ्रष्टाचार गरेको अारोपमा खड्कालाई पदबाट सोमबार बर्खास्त गरिएको हो ।