Top Headlines:

प्रचण्डको चुनाव क्षेत्रमा माओवादीले मेयर जित्यो

सिरहाको कर्जन्हा नगरपालिकामा माओवादी केन्द्र विजयी भएको छ ।

माओवादी केन्द्रका गंगा पासवान मेयरमा र उपमेयरमा पार्वती श्रेष्ठ विजयी भएका हुन् । २ नं प्रदेशमा माअोवादीको यो पहिलो जीत हो ।

मेयरमा गंगा पासवान ४ हजार ३०९ मतसहित विजयी भएका छन् । यसैगरी उपमेयरमा ज्ञानुकुमारी श्रेष्ठ ४ हजार ३१३ मतसहित विजयी भएकी छन् ।

मेयरमा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रामदियाल महतोले ३ हजार १९० र उपमेयरमा एमालेकै अञ्जु रायले २ हजार ९४५ मत पाए ।

कर्जन्हाका ११ मध्ये ९ वटा वडामा माओवादी केन्द्र विजयी भएको छ । वडा नम्बर २ र ६ एमालेले र बाँकी सबै वडा माओवादी केन्द्रले जितेको हो ।

माओवादीले जीत हासिल गरेको तर औपचारिक घोषणा हुन बाँकी रहेको नर्वाचन अधिकृत सुवर्णमान बनेपालीले सेतोपाटीलाई बताए । कर्जन्हा सिरहाको साविक क्षेत्र नम्बर पाँचमा पर्छ । कर्जन्हा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्रमा पर्दछ । कर्जन्हा नगरपालिकामा कुल १५ हजार ४७४ मतदातामध्ये १२ हजार १३२ मत खसेको थियो ।

यो क्षेत्रबाट दोस्रो संविधान सभामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी भएका थिए ।