Top Headlines:

८८ किलो सुन काण्डमा न्युरोडका ५ जना सुन व्यवसायी पक्राउ

८८ किलो सुन काण्डमा ५ जना सुन व्यवसायी मुछिएका छन् ।

रन्जना ट्रेड सेन्टरमा रहेको कार्य विनायक सुनचाँदी गहना पसलका संचालक गणेश दत्त,रविश्याम ट्रेडसका संचालक सत्यनारायण अग्रवाल, शाक्य सुनचाँदी पसलका संचालक शुभरत्न शाक्य,उल्लास दिनकर, नन्दकुमार मर्गलाई प्रहरीले पक्राउ गरेको छ।

महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनीका अनुसार ८८ किलो सुन काण्डमा उनीहरुको पनि सम्लग्नता देखिएको सेतोपाटीलाई बताए। गत भदौं १७ गते महाशाखाको टोलीले काठमाडौंको क्षेत्रपाटीबाट ८८ किलो सुन बरामद गरेको थियो।

सो सुन चीनको केरुङ हुदैँ काठमाडौं आएको थियो। सुन चिनियाँ नागरिकले नेपालसम्म ल्याइदिएको र सुन मालिकहरु उनीहरु नै हुन सक्ने प्रहरीले अनुमान गरेको छ।

अन्य सुन व्यवसायीहरु पनि छानबिनको दायरामा रहेको एसएसपी लोहनीले बताए। उनीहरुको सुन पसलमा राजश्व अनुसन्धान विभाग, पुल्चोकबाट खटिएको टोलिले स्रोत नखुलेकाे रकम समेत भेटेको छ।  दत्तको उक्त गहना पसलमा ११ लाख,  शाक्यको  सुनचाँदी पसलमाबाट १ करोड ४२ लाख र अग्रवालको डेरा कोठा खानतलासी गर्दा १३ लाख ५०हजार बरामद भएको छ।