Top Headlines:

‘गुरुङको उपचारमा आर्थिक सहयोग जुट्दै’

गुरुङ फिल्म एशोसिएसन हङकङद्वारा ८१ हजार सहयोग

काठमाडौं, ३ असोज – दुवै मृगौला फेल भएर टिचिङ अस्पतालमा उपचार गराइ रहनु भएका गायक तथा संगीतकार पुर्ण गुरुङको उपचारमा आर्थिक सहयोग जुट्न थालेको छ । उपचारमा आर्थिक अभाव रहेको समाचार प्रकाशित भएपछि स्वदेश तथा विदेशबाट विभिन्न व्यक्ति र संघ-संस्थाले सहयोग गर्न थालेका हुन् ।

उहाँको उपचारका लागि गुरुङ फिल्म एशोसिएसन हङकङबाट सोमबार ८१ हजार १ सय ३५ आर्थिक सहयोग प्राप्त भएको छ । उक्त आर्थिक सहयोग गुरुङ चलचित्रकर्मी प्रितम गुरुङ र नर्जङ गुरुङले अस्पतालमै पुगेर उहाँकी श्रीमतीलाई हस्तान्तरण गर्नुभएको थियो । बोल्न सक्ने नभएपनि उहाँका स्वास्थ्यमा क्रकिम सुधार आईरहेको पारिवारिक स्रोतले जनाएको छ ।

गुरुङ चलचित्रकर्मी प्रितम गुरुङका अनुसार पुर्ण गुरुङ ६० को दशकमा लोक दोहोरी गीतको संगीत एरेन्जमा व्यस्त हुनुहुन्थ्यो । उहाँले लोक दोहोरी गीतको अलावा तामाङ, गुरुङ गीत, आधुनिक गीतमा संगीत एरेन्ज गर्नुभएको छ । उहाँका गायक पनि हुनुहुन्छ ।

गुरुङ फिल्म एशोसिएसन हङकङलगायत स्वदेश तथा विदेशबाट विभिन्न व्यक्ति र संघ–संस्थाले सहयोग जारी राखेका छन् । साथै ‘पुर्ण गुरुङ बचाउ अभियान’ पनि चलाइएको छ । पारिवारजनले सहयोगका लागि सबैमा आग्रह गरेको छ ।