Top Headlines:

चुनावी कार्यक्रमका लागि कांग्रेसका शीर्ष नेताहरु कहाँ कहाँ जाँदै छन् ?

यही असोज २ गते प्रदेश नम्बर दुईमा हुने स्थनीय तह निर्वाचनलाई केन्द्रित गरी  आयोजना हुने विभिन्न चुनावी सभालाई सम्बोधन गर्न नेपाली कांग्रेसका शीर्ष नेताहरु विभिन्न जिल्ला जाने भएका छन् ।
 
शीर्ष नेताहरु प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा.शशांक कोइराला दुई नम्बर प्रदेशका विभिन्न जिल्ला जान लाग्नु भएको हो ।

यही भदौ २७, २८, २९ र ३० गते सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही र रौतहटमा हुने चुनावी कार्यक्रममा भाग लिन नेताहरु जान लाग्नुभएको आइतबार नेपाली कांग्रेसले जरी गरेको प्रेस विज्ञप्तीमा जनाएको छ ।