Top Headlines:

बिपीको प्रजातान्त्रिक समाजवादको सिद्धान्तलाई आत्मसाथ गर्नुपर्नेः सञ्चारमन्त्री

सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले महामानव बिपी कोइरालाले प्रतिपादन गरेको प्रजातान्त्रिक समाजवादको सिद्धान्तलाई आत्मसाथ गरी आम नेपाली अघि बढ्नुपर्ने बताएका छन्।

बिपी जन्मजयन्तीको अवसरमा आज आयोजित कार्यक्रममा मन्त्री बस्नेतले बिपीले योजना बनाउँदा जहिले पनि गरिब र विपन्न समुदायका वर्गलाई केन्द्रमा राखेर बनाएको चर्चा गर्दै ती योजना हामी अनुयायीहरुले पालना गर्नुपर्ने बताए।

उनले दीर्घकालीन रुपमा देशलाई सञ्चारमैत्री बनाउन सरकार लागिपरेको जानकारी दिए।