Top Headlines:

दुई नम्बर प्रदेशमा कांग्रेसका अधिकांश उम्मेदवार टुंगिए

नेपाली कांग्रेसले तेस्रो चरण अन्तर्गत प्रदेश नम्बर २ मा हुने स्थानीयत तहका चुनावका लागि अधिकांश उम्मेदवारको टुंगो लगाएको छ । कांग्रेसले विभिन्न नगर पालिकाको मेयर–उपमेयर तथा गाउँपालिकाको प्रमुख–उपप्रमुख पदमा उम्मेदवारहरुको नाम टुंगो लगाएको छ । 

केही स्थानमा उम्मेदवारको टुंगो लगाउन छलफल जारी रहेको र बाँकी स्थानीय तहका उम्मेदवारहरुको अन्तिम नामावलीपनि आजै सार्वजनिक गर्ने तयारी नेपाली कांग्रेसले गरेको छ ।