Top Headlines:

बंगलादेशले अष्ट्रेलियालाई हरायो

१४ भदौ, काठमाडौं ।

अकिव अल हसनले दुवै इनिङमा पाँच/पाँच विकेट लिएपछि बंगलादेशले अष्ट्रेलियाबिरुद्धको पहिलो टेष्टमा ऐतिहासिक जित हासिल गरेको छ ।शेर ए बंगला रंगशाला ढाकामा जितका लागि २६५ रनको लक्ष्य पछ्याएको पाहुना टोली अष्ट्रेलियाले ओपनर डेभिड वार्डरको ११२ रनको शतकीय पारीका बाबजुद खेलमा जित हासिल गर्न सकेन ।

१०९/२ को स्थितिबाट चौथो दिनको सुरुवात गरेको अष्ट्रेलियालाई जितका लागि १५६ रन आवश्यक थियो र उसका ८ विकेट बाँकी थिए । अष्ट्रेलिया कुनै बेला १५८/३ को बलियो अबस्थामा थियो । तर, बंगलादेशी सुपरस्टार सकिव अल हसनको जादूयी बलिङसामू कंगारु टोली घुँडा टेक्न बाध्य भयो ।

उसले बाँकी ७ विकेट गुमाउँदा टिमको खातामा मात्र ७३ रन जोड्न सक्यो । वार्नरका अलावा कप्तान स्टिभ स्मिथले ३७ रन बनाए । प्या क्युमिन्स ३३ रनमा अविजित रहे । बलिङतर्फ अकिवका अलावा तइजुल इस्लामले ३ र मेइदी हुसेनले २ विकेट लिए ।यसअघि टस जितेर ब्याटिङ रोजेको बंगलादेशले पहिलो इनिङमा सकिव अल हसनको ८४ रनको सहयोगमा २६० रन जोड्दा सबै विकेट गुमाएको थियो ।

पहिलो इनिङमा २१७ रनमै समेटिएको अष्ट्रेलिया दोस्रो इनिङमा ४३ रनले पछि परेको थियो । पहिलो इनिङमा पनि सकिव अल हसनले ५ विकेट झारेका थिए ।दोस्रो इनिङमा २२१ रन बनाएर अलआउट भएपछि अष्ट्रेलियाले टेष्टको तेस्रो दिनमै बंगलादेशलाई हराउन २६५ रनको लक्ष्य पाएको थियो ।बंगलादेशले पछिल्लो पाँच टेष्टमा अष्ट्रेलियालाई हराउन सकेको थिएन । खेलको म्यान अफ द म्याच अलराउण्ड प्रदर्शन गरेका सकिव अल हसन चुनिए ।