Top Headlines:

अमेरिकामा शक्तिशाली तुफान

एजेन्सी।

अमेरिकामा हार्वे साइक्लोनले निकै ठूलो विनाश गरेको छ । यो १२ वर्षको सबैभन्दा शक्तिशाली तुफन भएको बताइएको छ । यसले टेक्सास र ह्युस्टनमा निकै ठूलो वर्षा भएको छ । सडकमा डुंगा चलेका छन् । सयौं घर भत्किएका छन् । दुई लाख घरमा विद्युत आपूर्ति बन्द भएको छ । हजारौं जनता छतमा रात बिताउन बाध्य भएका छन् । 

ह्युस्टनमा पाँच जनाको ज्यान गएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । दुई दिनमा टेक्ससमा मात्र ४१ लाख करोड लिटर पानी खसेको मौसम विभागले जनाएको छ । तुफानका कारण टेक्सस र ह्युस्टन अन्य सहरसँग सम्पर्कविच्छेद भएका छन् । १ हजार उडान रद्द गरिएका छन् । झण्डै ५० हजार करोड नेपाली रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ । ह्युस्टनमा १ण् हजार जनतालाई उद्धार गरिएको छ ।