Top Headlines:

यू–१५ साफ च्याम्पियनसिप फुटवलको उपाधि भारतलाई, नेपाल २–१ ले पराजित

यू–१५ साफ च्याम्पियनसिप फुटवलको उपाधि भारतले जितेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा नेपाललाई २–१ गोल अन्तरले हराउँदै भारतले उपाधि जितेको हो ।

वृजेश चौधरीको गोलमा पहिलो हाफमा नेपाले १–० को अग्रता बनाएको थियो । तर दोस्रो हाफमा दुई गोल खाँदै नेपाल भारतसँग पराजित भयो ।

नेपाल सेमिफाइनलमा बंगलादेशलाई ४–२ गोल अन्तरले हराउँदै नेपाल फाइनलमा पुगेको हो । भुटानलाई २–० ले हराउँदै भारत फाइनल प्रवेश गरेको थियो ।