Top Headlines:

प्रधानमन्त्री देउवा मोदी ‘आकस्मिक’ भेटवार्ता

काठमाडौं, ८ भदौं – प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीस‌ँग पूर्वनिर्धारित समयभन्दा एक दिन अघि बुधबार आकस्मिक भेटवार्ता गरेका छन् ।

मोदीसंगको भेटवार्ताका लागि उनी बुधबार दिउँसो साढे पाँच बजे भारतीय प्रधानमन्त्री निवास सेभेन रेशकोर्ष पुगेका थिए ।भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायका अनुसार उक्त भेटवार्ता एक्ला एक्लै भएको थियो ।

भेटवार्तापछि भारतीय प्रधानमन्त्री मोदीले आफ्नो ट्वीटरमा प्रधानमन्त्री देउवालाई स्वागत गर्दै अाज बिस्तृत भेटवार्ताको प्रतिक्षामा रहेको उल्लेख गरेका छन् ।