Top Headlines:

पत्रकार महासंघको अधिवेशन आजवाट सुरु

नेपाली पत्रकारको छाता सङ्गठन नेपाल पत्रकार महासङ्घको २५औँ महाधिवेशन आजवाट काठमाडाँैंमा सुरु हुँदैछ । महाधिवेशनमा भाग लिन देशभरका पार्षद् तथा अन्य पत्रकार काठमाडौंँमा आइपुगेका छन् ।
कमलादीस्थित नेपाल प्रज्ञाप्रतिष्ठानको सभाहलमा आजवाट सुरु हुने महासङ्घको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नुहुने महासङ्घले जनाएको छ । महाधिवेशनले महासङ्घको आगामी तीन वर्षका लागि ४७ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गर्नेछ । महासङ्घमा १ हजार ५ सय १६ जना पार्षद प्रतिनिधिले मतदान गर्नेछन् ।
महासङ्घले प्राध्यापक चिरञ्जीवी खनालको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरेको छ । संयोजक खनालका अनुसार आइतबार दिउँसो १२ देखि ३ बजेसम्म उम्मेदवारी दर्ता, अपराह्न ३ः४५ बजे उम्मेदवारको नामावली प्रकाशन, दिउँसो ३ः४५ देखि ४ः४५ सम्म उम्मेदवारविरुद्धको दाबी विरोध लगायतका कार्यक्रमसँगै साँझ ५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने समय निर्धारण गरिएको छ ।
त्यस्तै सोमबार भदौ ५ गते बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म मतदानको समय तय गरिएको संयोजक खनालले जानकारी दिनुभयो ।
मतदान प्रक्रिया कमलादीस्थित प्रज्ञा भवनमै हुने भए पनि मतगणना भने तिलगङ्गास्थित पत्रकार महासङ्घको केन्द्रीय कार्यालयमा गरिने महासङ्घका अध्यक्ष डा. महेन्द्र विष्टले बताउनुभयो । मतदान प्रक्रिया सकिएलगत्तै सोमबार साँझदेखि नै मतगणनाको काम अगाडि वढने महासचिव उजिर मगरले जानकारी दिनुभएको छ ।
महासङ्घको हरेक तीन वर्षमा महाधिवेशन हुने गरेको छ । महासङ्घको ४७ सदस्यीय नयाँ कार्यसमितिमध्ये अध्यक्ष, उपाध्यक्ष २, महासचिव, सचिव ६, कोषाध्यक्ष गरी ११ पदाधिकारी, भौगोलिक र गैरभौगोलिक प्रत्येक प्रदेशबाट ३६ जना सदस्य निर्वा्चित हुने व्यवस्था रहेको छ ।