Top Headlines:

ग्यास लिक भएर आगलागी हुदा १३ लाख राबरको क्षति

ग्यास लिक भएर आगलागी हुँदा बनेपा-८ नालादोबाटोमा ४ पसल जलेका छन् । जुजुभाइ पोटेको घरमा कुमार श्रेष्ठले सञ्चालन गर्दै आएको इन्द्रेणी खाना घरमा ग्यास लिक भएर आगलागी सुरु भएको थियो ।

 

प्रजुवन परियारले सञ्चालन गर्दै आएको सम्झना कलेक्सन (कपडा पसल), जयराम मण्डलले सञ्चालन गरेको न्यू फेन्सी टेलर्समा पनि क्षति पुगेको छ ।

नजिकैको एभरग्रीन होटलमा पनि सामान्य क्षति भएको इलाका प्रहरी कार्यलय बनेपाले जनाएको छ । अन्दाजी १३ लाख बराबरको क्षति भएको प्रहरीको अनुमान छ । प्रहरी, स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आइसकेको छ ।