Top Headlines:

बसन्तपुरको ९ तले र नुवाकोटको ७ तले दरबार चीनले बनाइदिने

श्रावण ३१, २०७४  

राजधानीको बसन्तपुर क्षेत्रको ९ तले दरबार र नुवाकोटको ७ तले दरबार चीन सरकारले निर्माण गरीदिने भएको छ । नेपाल भ्रमणमा रहेका चिनियाँ उपप्रधानमन्त्री वाङ याङ र उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महाराले आज बिहान वसन्तपुरमा ९ तले दरबार पुनर्निर्माणको संयुक्त रुपमा शिलान्यास गर्नुभयो । २०७२ वैशाख १२ गतेको भुकम्पले क्षति पुर्‍याएको दरवारको पुनर्निर्माण ५ वर्षभित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । दरवार पुनर्निर्माणका लागि दुई वर्षअघि नै निर्माण सम्झौता (एमओयु) समेत भइसकेको थियो । दरवार पुनर्निर्माणमा लाग्ने सबै खर्च चीन सरकारले व्यहोर्ने पुरातत्व विभागका महार्निदेशक भेषनारायण दाहालले बताउनुभयो । दरवार पुननिर्माणमा करिब १५ करोड रुपैयाँ छुट्याइए पनि यसको विस्तृत ड्रइङ डिजाइन भएपछि मात्र खर्चको अनुमान हुने पुरातत्व विभागका महार्निदेशक दाहालको भनाई छ । चीन सरकारकै सहयोगमा नुवाकोटको साततले दरबार पुनर्निर्माण पनि सुरु भएको दाहालले जानकारी दिनुभयो । जापान सरकारले हनुमान ढोकाको आगमन घर र