Top Headlines:

बाढीको वितण्डाः मृत्यु हुनेको संख्या ७० पुग्यो

काठमाडौं, ३० साउन – शुक्रबारदेखिको अविरल वर्षाका कारण आएको बाढीपहिरो र डुबानका कारण कम्तिमा ७० जनाको मृत्यु भएको छ । बाढीपहिरोबाट २८ घाइते र ५३ जना बेपत्ता रहेका छन् ।

गृह मन्त्रालयका अनुसार ३४ हजार घर डुवानमा परेको र करिब ४ सय घर क्षतिग्रस्त भएका छन् । मन्त्रालयका अनुसार बाढी र पहिरोमा सबैभन्दा बढी सुनसरीमा ८ जनाको मृत्यु तथा रौतहटमा ७ जनाको मृत्यु भएको छ ।

यस्तै झापामा ४, मोरङमा ५, सर्लाहीमा ३, महोत्तरीमा १, धनुषामा १, सिन्धुलीमा ४, बारामा ३ र चितवनमा २ जनाको मृत्यु भएको छ ।