Top Headlines:

जापानमा शक्तिशाली आँधी

एेजेन्सी, २४ साउन ।

जापानमा आएको शक्तिशाली आँधीका कारण कम्तीमा दुई जनाको मृत्यु भएको छ भने ३६ जना घाइते भएका छन्। आँधीले धेरै ठाँउ प्रभावित हुनका साथै केही भौतिक संरचनाहरुमा समेत क्षति पुगेको अधिकारीहरुले बताएका छन्।

प्रतिघण्टा २५ किलोमिटरको गतिमा रहेको आँधी बेलुका नौ बजे ओगाकी, गिफु लगायतका प्रदेशहरुमा पनि पुगेको जापानको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।