Top Headlines:

स्वाइनफलुको संक्रमणले गर्दा स्याङजाका १७ स्कुल एक हप्ताका लागि बन्द

स्याङजा वालिङमा फैलिएको सिजनल इन्फ्लुएन्जा का बिरामी बढेसँगै विद्यालयह्र एक हप्ताका लागि बन्द गरिएका छन् ।वालिङ बजारमा पछिल्लो समय सिजनल इन्फ्लुएन्जाको संक्रमण बढेपछि वालिङ तथा नजिकैको भिरकोट नगरपालिकाको बजार क्षेत्रका निजी विद्यालय बन्द गरिएका हुन् ।

सरोकारवालाको समन्वयमा आजदेखि २८ गतेसम्म विद्यालय बन्द गरिएको जिल्ला शिक्षा कार्यालय स्याङ्जाका स्रोत व्यक्ति भरतप्रसाद बगालेले बताउनु भयो ।

वालिङ तथा आसपासका क्षेत्रबाट २० जनाको रगत र घाँटी (थ्रोट स्वाब)को परीक्षण गर्दा पाँच जनामा एचवान एनवान पोजेटिभ र एक जनामा इन्फ्लुएन्जा ‘बी’ पोजेटिभ देखिएको थियो ।