Top Headlines:

१२ कक्षाको बिज्ञान संकायको परीक्षाफल सार्वजनिक

२० साउन,

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले गत वैशाखमा लिइएको कक्षा १२ को बिज्ञान संकायको परीक्षाफल शुक्रबार प्रकाशन गरेको छ परीक्षा बोर्डका अनुसार अन्य संकायको नतिजा पनि भदौ १५ गतेभित्रै सार्वजनिक गर्ने तयारी भइरहेको छ ।

शुक्रबार बिहान बसेको बोर्डको बैठकले नतिजा प्रकाशन गर्ने निर्णय गरेको हो । परीक्षामा सहभागीमध्ये ७९.४४ प्रतिशत बिद्यार्थी उत्तिर्ण भएका छन् ।

गत बैशाखमा सञ्चालन भएको परीक्षामा सहभागी ४४ हजार ८९७ बिद्यार्थीमध्ये ३५ हजार ६६८ परीक्षार्थी उत्तिर्ण भएका छन् । त्यस्तै १७ जनाको परीक्षा रद्ध गरिएको छ ।

त्यस्तै आंशिकतर्फ सहभागी ९ हजार ४८९मध्ये ४ हजार १३७ बिद्यार्थी पास भएका छन् । ३ जनाको परीक्षा रद्ध गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । आंशिकतर्फ ४३.५९ बिद्यार्थी उत्तिर्ण भएका छन् ।

रासस