Top Headlines:

कांग्रेसले नै राजपालाई चुनावमा ल्याउन चाहेनः कमल थापा

 

१८ साउन, जनकपुर ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कांग्रेस माओवादी नै संविधान संशोधनको विधेयक निर्णार्थाक प्रस्तुत गर्न नचाहेको बताएका छन् । सत्तारुढ दलकै सांसदहरु नै वेपत्ता हुने र विधेयक पारित नहुने अवस्था रहेको कारणले गर्दा कांग्रेस र माओवादीले अलमल गरिरहेको उनको आरोप छ ।


राजपाले निर्वाचनमा सहभागिताका लागिसंशोधनलाई प्रतिष्ठाको विषय बनाएपनि संशोधन विधेयक पारित भएपनि मधेसको मुलभूत मागहरु सम्बोधन नुहने उनले बताएका छन् ।जनकपुरमा बुधबार आयोजित पत्रकार सम्मेलनमा राप्रपा अध्यक्ष थापाले संशोधनको पक्षमा उभिने पार्टीको अडान यथावत रहेको बताए । कांग्रेसले नै राजपा निर्वाचनमा नओस् र त्यसको फाइदा लिन सकोस भन्ने चाहेको उनको आरोप छ ।

मधेसको समस्या समाधान नगरिए तराईमा विखण्डनकारी जन्मिने खतरा रहेको उनले बताए ।राप्रपा अध्यक्ष थापाले तीन ठूला दल कांग्रेस, एमाले र माओवादीले स्थानीय तहको चुनावमा पेसाको खोला बगाएर निर्वाचन पद्धतिलाई दुषित पारेकाले आफनो पार्टीले हारेको बताएका छन् । उनले भने, ‘पार्टीको एजेण्डाप्रति जनताको विश्वास रहेको तर त्यसलाई भोटमा रुपान्तरण गर्न नसकिएको सत्य हो ।’