Top Headlines:

डा. गोविन्द केसीको समर्थनमा रिले अनशन सुरु

काठमाण्डौ, १४ साउन ।
त्रिवि शिक्षण अस्पतालमा अनशनरत डा. गोविन्द केसीको समर्थनमा रिले अनशन सुरु गरिएको छ ।

आज माइतीघर मण्डलादेखि बानेश्वरसम्म केसीको समर्थनमा गरेको प्रदर्शनपछि केही समर्थकले काठमाडौं माइतीघरमा रिले अनशन थालेका हुन् । केसीका माग पूरा गर्न ध्यानाकर्षण एवं सरकारलाई खबरदारी गर्न भन्दै उनीहरु प्रदर्शन र अनशनमा बसेका हुन् ।

अनशनमा सरोज खनाल, विधान आचार्य, नवाङ बास्ताकोटी, यज्ञ ढकाल, विक्रम केसीलगायत १८ जना छन् । अनशनको पाँचौं दिन हिजो सरकारी वार्ता टोली र डा. गोविन्द केसीका प्रतिनिधिबीच करिब तीन घण्टा लामो वाता भएपनि बार्ता निष्कर्षमा पुग्न सकेको थिएन ।
हिजोको वार्ता सकारात्मक भएपनि निष्कर्षमा पुग्न नसकेपछि आज फेरी वार्ता हुँदैछ ।